आज: 

डब्लुएचओको घोषणाः कोरोना भाइरस ‘विश्वव्यापी महामारी’

ओके खबर २९ फाल्गुन २०७६, बिहीबार ०८:५५ मा प्रकाशित ( साल अघि) ३३९ पाठक संख्या

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसको प्रकोपले विश्वव्यापी महामारीको रुप लिएको निष्कर्ष निकालेको छ ।

डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस अड्रानोम गब्रराइससले कोरोना भाइरसले विश्वव्यापी रुपमा निम्ताएको प्रकोपलाई महामारी भन्न सकिने बताएका हुन् ।

जेनेभामा पत्रकार सम्मेलन गरी सङ्गठनका महानिर्देशक गब्रराइससले अहिले विश्वमा देखिएको गम्भीर प्रकोपबाट आफूहरु चिन्तित भएको बताए ।

विश्वमा यस किसिमको महामारी पहिलोपटक देखिएको भन्दै उनले यो कोरोना भाइरसले नै सिर्जना गरेको दाबी गरे ।

चीनको वुहानबाट तीन महिनाअघि सुरु भएको कोरोना भाइरसको सङ्क्रमण अहिले विश्वका एक सय २३ देशमा फैलिएको छ । एक लाख २६ हजार एक सय ४१ जनामा सङ्क्रमण भइसकेको छ । चार हजार ६ सय २७ जनाको मृत्यु भैसकेको छ ।

६८ हजार दुई सय ४० जना उपचारपछि घर फर्किएका छन् । ५३ हजार दुई सय ७४ जना अहिले विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् भने तीमध्ये पाँच हजार ९ सय ३८ जना सिकिस्त रहेका छन् ।

पछिल्लो २४ घण्टामा मात्र तीन सय ३१ जनाको मृत्यु भएको छ ।

सात हजार एक सय ९३ जना नयाँ बिरामी भेटिएका छन् । चीनमा सङ्क्रमण र ज्यान गुमाउनेको सङ्ख्या घटिरहेको भए पनि अन्य देशमा फैलने क्रम तीव्र बनेको छ ।

इटली, इरान, दक्षिण कोरिया, फ्रान्स, स्पेन, जर्मरी, अमेरिकालगायतका देशमा कोरोनाको सङ्क्रमण फैलने र मृत्यु हुनेको संख्या बढिरहेको छ ।


सम्बन्धित खबरहरु