आज: 

सरकारले प्रतिबन्ध लगाएको वर्षदिन, विप्लवको टार्गेटमा बाँस्कोटाको घर

ओके खबर २८ फाल्गुन २०७६, बुधबार १०:२२ मा प्रकाशित ( साल अघि) २५७ पाठक संख्या

काठमाडौं । निवर्तमान सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको भक्तपुरको लोकन्थलीस्थित घरबाहिर प्रतिबन्धित नेत्रविक्रम चन्द समूहको पर्चा भेटिएको छ । घटनास्थलमा चन्द समूहले बाँस्कोटाको घरमा विस्फोट गराएको स्विकारोक्तिसहितको पर्चा भेटिएको प्रहरीले जानकारी दिएको छ।

बुधबार बिहान ७ बजेर ४० मिनेट जाँदा बाँस्कोटाको नजिकै प्रेसर कुकर बम बिस्फोट भएको थियो ।

निर्माणाधीन घरमा रिमोट कन्ट्रोलबाट बम विस्फोट गराइएको भक्तपुर प्रहरी प्रमुख सविन प्रधानले जानकारी दिए ।

प्रधानका अनुसार, घरको कम्पाउन्डभित्र प्रेसर कुकर बम राखेर त्यसलाई रिमोट कन्ट्रोलमार्फत विस्फोट गराइएको थियो ।

 

बाँस्कोटाको निर्माणाधीन घरको पूर्वतर्फको पर्खालमा राखिएको बम विस्फोट हुँदा गेटमा क्षति पुग्नुका साथै झ्यालको सिसा पनि फुटेका छन्।

विस्फोटबाट बाँस्कोटाको घरसँगै रहेका अरु तीन वटा घरमा पनि सामान्य क्षति पुगेको छ। साथै बाँस्कोटाको घर अगाडि रहेको एउटा भ्यानमा पनि विस्फोटबाट क्षति पुगेको छ।

महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी वृत्त ठिमीको टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ।


सम्बन्धित खबरहरु