२ पटक नकारात्मक ‘सर्किट ब्रेक’, आजको कारोबार स्थगित

ओकेखबर संवाददाता २७ फाल्गुन २०७६, मंगलवार १३:५९ मा प्रकाशित ( साल अघि) ३१४ पाठक संख्या

काठमाडौं । शेयर बजारमा मंगलबार दुई पट नकारात्मक सर्किट ब्रेक लागेर कारोबार स्थगित भएको छ ।

दिउँसो १२ बजेर ३२ मिनेटमा नेप्से परिसुचक ५ प्रतिशतले घटेपछि कारोबार ४० मिनेटका लागि रोकिएको थियो ।
१ बजेर ११ मिनेटमा फेरी सुरु भएको कारोबार २ मिनेटमै १ बजेर १३ मिनेटमा परिसुचक ६ प्रतिशत घटेपछि मंगलबारका लागि सबै कारोबार स्थगित गरिएको हो ।

 

पहिलो सर्किट ब्रेक लागेको समय १२ बजेर ३२ मिनेटसम्ममा नेप्से परिसुचक ७२ दशमलव ०३ अंकले घटेर १३ सय ६३ दशमलव ६६ अंकमा झरेको थियो ।
त्यसपछि १ बजेर १३ मिनेटसम्ममा नेप्से परिसुचक ८६ दशमलव ३९ अंक अर्थात ६ दशमलव ०२ प्रतिशतले घटेको छ ।

आज सबै समूहको उप–सुचक घटेका छन् । सबैभन्दा धेरै जीवन बीमा समूहको उप–सुचक ७६२ दशमलव ९२ अंकले घटेको छ ।
आज दिनभर १ अर्ब ७ करोड रुपैयाँ बराबरका २७ लाख ३५ हजार कित्ता शेयर किनबच भएका छन् ।

नेपाल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडको आज सबैभन्दा धेरै ८ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
निको ईन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल लाईफ ईन्स्योरेन्स कम्पनीका शेयर लगानीकर्ताले आज १० प्रतिशत गुमाएका छन् ।

बजार घटेको दिन पनि मंगलबार एनआईबीएल समृद्धि फण्डका शेयर लगानीकर्ताले झण्डै ४ प्रतिशत कमाएका छन् ।


सम्बन्धित खबरहरु