गाँजासम्बन्धी विधेयक प्रदेशसभा सचिवालयमा पनि दर्ता

ओकेखबर संवाददाता २० फाल्गुन २०७६, मंगलवार १६:२२ मा प्रकाशित ( साल अघि) ४२० पाठक संख्या

हेटौँडा । गाँजा खेतीलाई वैधानिक बनाउन माग गदै वाग्मती प्रदेशसभा सचिवालयमा ‘गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’ दर्ता भएको छ ।
आजको प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्य केशव स्थापितले आफूले सो सम्बन्धी विधेयक सचिवालयमा दर्ता गराएको जानकारी दिए ।

सचिवालयमा निजी विधेयकका रुपमा सो विधेयक पहिलोपटक दर्ता भएको जनाइएको छ । सो विधेयक ५३ औँ विधेयक हो । यसअघि सभामा दर्ता भएका ५२ वटा विधेयक सरकारका तर्फबाट मात्र दर्ता भएको संसद् सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिए ।

सोमबार सङ्घीय संसद् सचिवालयमा सांसद शेरबहादुर तामाङले गाँजासम्बन्धी विधेयक दर्ता गराएका थिए । किसानको जीवनस्तर उकास्न र औषधीजन्य प्रयोजनका लागि गाँजा खेतीलाई व्यवस्थित तथा नियमन गर्न विधेयक दर्ता गरेको प्रदेशसभा सदस्य स्थापितले बताए ।


सम्बन्धित खबरहरु