आज: 

विवाहमा यसरी खुलिन् प्रियंका

ओके खबर १९ फाल्गुन २०७६, सोमबार १८:२० मा प्रकाशित ( महिना अघि) ३०८ पाठक संख्या

काठमाडौं ।  अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले लगनगाँठो कसेका छन् । शुक्रवार बुढानिलकण्ठमा रहेको पार्क भिलेज रिसोर्टमा उनीहरुले हिन्दू परम्परा अनुसार विवाह गरेका हुन् ।

दुई वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका प्रियंका र आयुष्मानले बिहीवार जिल्ला अदालत काठमाडौं पुगेर कानुन अनुसार विवाह गरेका थिए । प्रियंकाको जन्मदिनको अवसरमा उनीहरुले कागजी विवाह गरेका हुन् ।

कानुनी विवाह गरेपछि यो जोडीले शुक्रवार सामाजिक परम्परा अनुसार विवाह गरेका हुन् ।


सम्बन्धित खबरहरु