मिर्गौला प्रत्यारोपणका लागि सोमबार प्रधानमन्त्री ओली अस्पताल भर्ना हुने

ओकेखबर संवाददाता १८ फाल्गुन २०७६, आईतवार २२:०६ मा प्रकाशित ( साल अघि) ३३४ पाठक संख्या

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो मिर्गौला प्रत्यारोपणका लागि सोमबार अस्पताल भर्ना हुनुहुने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालयको आज बसेको बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले त्रिवि शिक्षण अस्पतालमा बुधबार प्रत्यारोपणलगायत आफ्नो स्वास्थ्योपचार योजनाबारे बताउनुभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि पत्रकारलाई जानकारी दिनुभयो ।

त्यसो त प्रधानमन्त्री ओलीलाई भान्जी नाता पर्ने महिलाले मिर्गौला दिन लागेका हुन्।
त्रिवि शिक्षण अस्पताल स्रोतका अनुसार गोपनियताका कारण ती महिलाको परिचय भने खुलाइएको छैन।

यसअघि पहिलो पटक भारतमा मिर्गौला प्रत्यारोपण गर्दा ओलीलाई बुहारी नाता पर्ने अन्जान घिमिरेले मिर्गौला दिएकी थिइन्। ओलीलाई मिर्गौला दिँदा घिमिरे २१ वर्षकी थिइन्।


सम्बन्धित खबरहरु