राजधानीमै ‘हन्ड्रेड ग्रुप’ द्धारा ५० रुपैयाँमा खाना

ओकेखबर संवाददाता १८ फाल्गुन २०७६, आईतवार १५:४६ मा प्रकाशित ( साल अघि) ४४०० पाठक संख्या

काठमाडौं ।  निशुल्क कपडा बैक सञ्चालन गरिरहेका ‘हन्ड्रेड ग्रुप’  नामक संस्थाले भेज खाना अभियान सञ्चालन गर्दैछ ।  काठमाडौंको अनामनगर पुर्वी गेट परिसरमा रु ५० मा सादा खाना अभियान छिट्टै संचालनमा ल्याउने तयारी भैरहेको छ ।

केहि समय अगाडी देखि विभिन्न सामाजिक कार्य गर्ने उदेश्य सहित स्थापना भएको उक्त सस्थाले नि:शुल्क कपडा बैंकको सहयोगको लागि भेजखाना ५० रुपैयाँमा खुवाउने तयारी गरेको हो ।

यस ग्रुपले जुम्ला, कालिकोट, मकवानपुर चेपाङ बस्ती, तराईका विभिन्न जिल्लाहरु सर्लाही, सप्तरी लगायत अन्य चिसो प्रभावित क्षेत्रमा लुगा वितरण गरेका थिए । यसै कार्यलाई अझ व्यवस्थित गर्नेको भेज खाना अभियान ल्याउन लागेको संस्थाका सस्थापक विमल पन्तले बताउनुभयो । ‘तपाई हामीले खाएको खानाको पैसाबाट बचेको रकम दुखि गरिब असायको सेवामा खर्च गरिनेछ ।’ पन्तले भने । ‘कपडा बैक संञ्चालनाम सहजता ल्याउनका लागि भेज खाना अभियान चलाउने सोच गरेका हौं ।’

सस्थापक अभियानताहरु बिमल पन्त, बिक्रम ओलि, बब्लु गुप्ता आसाराम यादव, विवेक ढकाल, लक्ष्मण सिंह धामी, मिलन बोगटी लगायत रहेको सस्थाले हिजोको समय देखि राजधानी लगायत अन्य ठाउमा निसुल्क लुगा बैंक स्थापना गरि जाडो बाट कष्टकर जीवन बिताउन बिबस हरुलाई निकै राहत पुर्याएका थिए ।
पशुपति अन्नपूर्ण आश्रम तर्फबाट रास्ट्टिय समाजसेवि प्रा.डा. जगदीश बैध ज्युले सहयोग को प्रतिबद्धता गर्नुभएको र इच्छुक समाजसेवीहरुलाई सहयोग गरिदिन असलि गरेका छन् ।
लगाउन मिल्ने पुराना कपडा तथा जुत्ताचप्पल जोसुकैले र्‍याकमा छोडेर जान सक्छन् । अनाथ तथा गरिब व्यक्तिले त्यस्ता कपडा सित्तैमा लिएर जाने गरेका छन् । सामान दिन इच्छुक हुनेले समूहसँग सम्पर्क गर्न सक्ने पन्त बताउँछन्। अनामनगरमै लगेर राखिदिन पनि सकिन्छ।


सम्बन्धित खबरहरु