टी-२० मा सन्दीपले रचे सय विकेटको कीर्तिमान

ओकेखबर संवाददाता १७ फाल्गुन २०७६, शनिबार १४:०४ मा प्रकाशित ( साल अघि) २६० पाठक संख्या

नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले टी २० क्रिकेटमा १०० विकेट पुरा गरेका छन् । एसीसी इस्टर्न रिजन टी २० मा मलेसियाविरुद्ध एक विकेट लिएसँगै सन्दीपले टी २०मा १०० विकेट पुरा गरेका हुन् । पहिलो विकेटको रुपमा आईपीएलमा पार्थिव पटेललाई आउट गर्दै विकेटको सुरुआत गरेका सन्दीपले १०० औं सिकारको रुपमा मलेसियाका विरेन्दरसिंहलाई आउट गरे ।
शनिबार थाइल्यान्डको टेर्थाइ क्रिकेट ग्राउन्डमा भइरहेको मलेसियाविरुद्धको खेलमा ३ विकेट लिदै उनले टी–२० क्रिकेटमा १०२ विकेट पूरा गरेका हुन्।

उनले आफ्नो पहिलो ओभरमा विरन्दीप सिंह र खिजर दुरानीलाई क्याच आउट गराएका हुन्। त्यस्तै अर्को विकेट अनवार अरुद्धिनलाई पवन सर्राफको हातबाट क्याच आउट गराएका हुन्।

पछिल्लो टि २० को रुपमा सन्दीपले विगब्यास लिगमा १५ विकेट लिएका थिए । काठमाडौंमै भएको नेपाल ओमान र अमेरिकाबीचको एक दिवसीय सिरिजका लागि विगा ब्यास लिग बीचमै छाडेर आएका सन्दीपले त्यतिबेला १०० विकेट पुरा गर्न १ विकेट बाँकी राखेका थिए ।

सन्दीपले साढे १ वर्षको अवधिमा यो कोषेढुंगा पार गर्न सफल भए । नेपाली क्रिकेटरमा सर्वा्धिक विकेट लिने खेलाडीको रुपमा पनि सन्दीप लामिछानेले आफूलाई स्थापित गरेका छन् ।


सम्बन्धित खबरहरु