आज: 

काठमाडौं जिल्ला अदालतमा गोकुल बाँस्कोटाले हाले विजयप्रकाश विरुद्द मुद्दा

ओके खबर १६ फाल्गुन २०७६, शुक्रबार १७:१० मा प्रकाशित ( साल अघि) १८९ पाठक संख्या

काठमाडौं । पूर्व सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले विजयप्रकाश मिश्रविरुद्ध मुद्दा दायर गरेका छन् । उनले आफ्ना नजिकका प्रतिनिधिमार्फत काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गराएका हुन् ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसन मागेको आरोप लागेपछि मन्त्री पदबाट राजिनामा दिएका बाँस्कोटाले आफूमाथि झुठा लान्छना लगाएको र गालीबेइज्जती गरेको भन्दै मुद्दा दर्ता गराएका हुन् ।

सामाजिक संजालमार्फत बाँस्कोटाले आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत काठमाडौंमा न्याय माग्दै मुद्दा दायर गरेको जानकारी गराएका छन् ।


सम्बन्धित खबरहरु