आज जनयुद्धका प्रथम सहिद रम्तेलको सम्झना गरिंदै

ओकेखबर संवाददाता १४ फाल्गुन २०७६, बुधबार ११:२२ मा प्रकाशित ( साल अघि) ३६३ पाठक संख्या

आज फागुन १४ गते । गोरखाका ११ वर्षीय दिलबहादुर रम्तेल जनयुद्धको पहिलो सहिद भएको दिन ।

वि.सं. २०५२ फागुन १४ गते गोरखाको सूर्यज्योति माध्यामिक विद्यालय तार्कुकोटका प्रधानाध्यापक वीरबहादुर गुरूङ र शिक्षक आशाकाजी श्रेष्ठलाई विद्यालयबाटै गिरफ्तार गर्न ठुलो सङ्ख्यामा प्रहरी परिचालन भयो । आशाकाजी उम्कन सफल भए तर वीरबहादुरलाई प्रहरीले गिरफ्तार गर्यो ।

बीरबहादुरलाई लिएर तार्कुबाट पान्द्रुङ देउराली हुँदै घ्याम्पेसाल जानु पर्ने प्रहरी पान्द्रुङ देउराली जराङतिर लाग्यो । जराङस्थित ब्रह्मचारिणी निम्न माध्यामिक विद्यालय नजिक पुग्दा विद्यार्थीले शिक्षक गिरफ्तारीको विरोध गरेको आतङ्कमा प्रहरीले एक्कासी विद्यार्थीमाथि गोली चलायो ।

गोली लागी रामप्रसाद भट्ट र ४ कक्षामा पढ्ने ११ वर्षीय दिलबहादुर रम्तेल घाइते भए । उपचारपछि भट्ट बाँचे भने उपचार गर्न लैजाने क्रममा ताप्ले गाविस छापथोकमा पुर्याउदा दिलबहादुर रम्तेलको सहादत भयो । जनयुद्ध सुरू भएपछि राज्यले हत्या गरेको पहिलो व्यक्ति भएकाले गोरखाका दिलहबादुर रम्तेल जनयुद्धका प्रथम सहिद बन्न पुगे ।

जनयुद्ध र नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न दिलबहादुर रम्तेल लगायत सम्पूर्ण सहिदहरुप्रति सच्चा  श्रद्धाञ्जली त्यो बेला हुनेछ, जुनबेला वहाँहरुले देखाएको बाटोमा हामी बाटो नबिराई हिँड्न सकौं । वीर सहिदहरु अमर रहुन् । अमर रहुन् ।। अमर रहुन् ।।


सम्बन्धित खबरहरु