अमेरिका जान चाहने नेपालीलाई भिजिटर भिसा प्रदान

ओकेखबर संवाददाता १० फाल्गुन २०७६, शनिबार १९:१६ मा प्रकाशित ( साल अघि) ५३९ पाठक संख्या

वाशिंटन– अमेरिकाले आर्थिक वर्ष २०१९ मा नेपाली आवेदकमध्ये करिब आधालाई भिजिटर भिसा प्रदान गरेको तथ्यांक सार्वजनिक भएको छ ।

अमेरिकाको विदेशमन्त्रालय अन्तर्गत कन्सुलर मामिला ब्यूरोले सार्वजनिक गरेको तथ्यांक अनुसार अमेरिकाले आवेदकमध्ये ४९ दशमलब ३० प्रतिशत नेपालीलाई भिजिटर भिसा उपलब्ध गराएको हो ।

अघिल्लो आर्थिक वर्षभन्दा यो वर्ष भिजिटर भिसा स्वीकृत दर बढि छ । अघिल्लो आर्थिक वर्ष सन् २०१८ मा नेपालीको भिसा स्वीकृत दर ४८ दशमलब ४७ प्रतिशत थियो ।

निकायका अनुसार सन् २०१९ मा १७११४ नेपालीले अमेरिकाको भिजिटर भिसा पाएका छन् । यीमध्ये १०७० लाई बी १ बी २ भिसा ३३ जनालाई बी १ भिसा र ११ जनालाई बी २ भिसा प्रदान गरिएको तथ्यांकमा उल्लेख छ ।

दक्षिण एसियामा सबैभन्दा धेरै भने भारतमा रहेका दूतावास र कन्सुलेटहरुबाट गैरआप्रवासी भिसा जारी गरिएको छ ।


सम्बन्धित खबरहरु