डोकामा दुध दोएर अडिदैन, आफ्नो भाग्य चम्काउन यस्तो गर्नुहोस्

ओकेखबर संवाददाता १० फाल्गुन २०७६, शनिबार ०९:३४ मा प्रकाशित ( साल अघि) ५९८ पाठक संख्या

मानिसहरु जे जे गर्छन्, आफु र आफ्नो परिवारको खुशीका लागि गर्छन् । र त्यसलाई नै आफ्नो भाग्य ठान्दछन् । हामीले जान्नुपर्ने कुरा त केहो भने, भाग्य सबैको हुन्छ । सबैको भाग्यमा सुख दुख लेखेकै हुन्छ । तर हामीले त्यसको सही पहिचान गरेर कठोर त्याग र बलिदान पछि मात्रै भाग्यलाई चम्काउन सकिन्छ । त्यो हो, मिहिनेत ।

हो, जो व्यक्ति कार्य नगरी बस्दछन् तिनको भाग्य पनि बस्दछ । जो कार्य क्षेत्रमा सक्रिय हुन्छन् तिनको भाग्य पनि सक्रिय रहन्छ । जो केही नगरी सुत्छन् भाग्य पनि सुत्छ वा निक्रिय हुन्छ । जो कार्यमा लागिपर्छन् त्यस्ता व्यक्तिको भाग्य पनि चम्किन्छ ।

कर्म अनुसार भाग्य पनि चम्किन्छ भनी बताइएकोे छ । जसले जस्तो कार्य गर्दछन् सोही अनुसार भाग्यमा पनि अभिवृद्धि हुने गर्दछ । भाग्य कसरी चम्काउने कुरा आफ्नै हातमा रहने गर्दछ । हामीले जतो कर्म गर्दछौँ सोही अनुसार भाग्यमा पनि वृद्धि हुँदै जान्छ ।

भाग्य छ भन्दैमा त्यो स्वतः फलीभूत हुने कुरा होइन । जसरी डोकामा दुध दोएर अडिदैन । भाग्यलाई चम्काउन अर्थात् मस्काउन कर्म गर्नुपर्दछ भनिएको छ । भाग्य चम्काउने वा मस्काउने कुरा हो । यसलाई चम्काउने माध्यम भनेको कर्म हो भनेर बताइएको छ । जस्तो कार्य गर्यो सोही अनुसारको भाग्यमा पनि अभिवृद्धि हुने गर्दछ । जतिसुकै राम्रो भए पनि जबसम्म कलमले लेखिदैन तबसम्म त्यो कलमको कुनै महत्ता रहँदैन ।

जबसम्म गायकले गीत गाँउदैनन् तबसम्म उसमा भएको प्रतिभाको कुनै अर्थ रहँदैन । जब कलाकारले कला प्रदर्शन गर्दछन् तबमात्र त्य कालाले भाग्यमा चमक ल्याउँछ । त्यस्तै भाग्यलाई चम्काउन पनि कर्मको वेदीमा होमिनुपर्छ भनिएको हो ।

भग्य भनेकको यस्तो कुरा हो तपाई अल्छी गरी बसिरहनुहुन्छ भने भाग्य पनि स्थिर भएर नै बसिरहन्छ । तपाई सक्रिय भई कार्यक्षेत्रमा लाग्नुहुन्छ भने भाग्य पनि सक्रिय हुन्छ । यदि तपाई केही कार्य नगरी सुतिरहुनु मात्र भयो भने भाग्य पनि सुत्ने गर्दछ । त्यसैले भाग्याई चम्काउन आफू पनि जागरुक हुनुपर्दछ । कर्मले भाग्यलाई चम्काउनु पर्छ । कार्य नगरी भाग्य फलीभूत हुनसक्दैन भन्ने नीतिवचन हामी सबैले मनन गर्नु जरुरी छ ।


सम्बन्धित खबरहरु