सञ्चारमन्त्री बाँस्कोटाले दिए राजिनामा

ओकेखबर संवाददाता ८ फाल्गुन २०७६, बिहीबार १५:२९ मा प्रकाशित ( साल अघि) ६५२ पाठक संख्या

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पदबाट राजीनामा दिएका छन् ।

सोको जानकारी सभामुख अग्नि सापकोटाले सदनलाई जानकारी दिएका हुन्

सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि सेटिङ गरेको प्रमाण बाहिरिएको थियो ।

एक स्वीस कम्पनीको नेपाली एजेन्टसँग मन्त्री बास्कोटाले आफूले पाउने कमिसनका लागि सेटीङ गरेको अडियो सार्वजनिक भएको हो ।

यसैैैको अनुसन्धानको माग गर्दै प्रतिपक्षी नेपाली कांग्रेसले संसद् र राष्ट्रियसभा विरोध गरेको थियो ।

स्विस कम्पनीको स्थानीय एजेन्ट विजयप्रकाश मिश्र शर्मासँगको कुराकानीका क्रममा मन्त्री बाँस्कोटाले कुन ट्रयाकबाट कमिसन बढी निकाल्ने सम्मको सल्लाह गरेका छन्। नर्मल तरिकाबाट कम कमिसन आउने र बढी कमिसनका लागि आउट अफ ट्रयाक जानुपर्ने सुझाव समेत एजेन्ट मिश्रको छ।


सम्बन्धित खबरहरु