आज: 

सञ्चारमन्त्रीलाई तत्काल बर्खास्त गरेर अनुसन्धान गरियोस् : कांग्रेस

ओके खबर ८ फाल्गुन २०७६, बिहीबार १०:५७ मा प्रकाशित ( साल अघि) ३३९ पाठक संख्या

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद तयारीसँगै ठूलो रकमको अनियमितता गर्ने तयारी गरेको अडियो सार्वजनिक भएपछि नेपाली कांग्रेसले मन्त्री बाँस्कोटालाई अनुसन्धान अघि बढाउन माग गरेको छ ।

फोटो: फाइल

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मन्त्री बाँस्कोटालाई तत्काल बर्खास्त गरेर अनुसन्धान अगाडि बढाउन माग गरेको हो ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विहीबार विज्ञप्ति जारी गर्दै मन्त्री बास्कोटालाई तत्काल बर्खास्त गर्न र निस्पक्ष अनुसन्धानको प्रक्रियालाई सघाउन प्रधानमन्त्रीलाई सार्वजनिक आग्रह गरेका हुन् । सञ्चार मन्त्रीले कमिसनका लागि बागेर्निङ गरेको अडियो सार्वजनिक भएपछि त्यो अनुमान बलियो ढङ्गले प्रमाणित भएको काँग्रेसको ठहर छ ।

‘७० करोड कमिसन सञ्चारमन्त्रीले मागेको अडियो सार्वजनिक भइसकेको अवस्थामा निजलाई तत्काल बर्खास्त गर्न र निस्पक्ष अनुसन्धानको प्रक्रियालाई सघाउन नेपाली काँग्रेस सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलिलाई सार्वजनिक रुपले आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

 

 


सम्बन्धित खबरहरु