मृगौला पिडितको उपचारमा विद्यार्थीको हालेमालो

ओकेखबर संवाददाता ६ फाल्गुन २०७६, मंगलवार २३:१२ मा प्रकाशित ( साल अघि) ६६७ पाठक संख्या

म्यादी । म्याग्दीको मंगला गाउँ पालिका ४, धापुङ निबासि मिम छन्त्याल को छोरी बर्ष २१ कि सगींता छन्त्याल मृगौला सम्बन्धि समस्या बाट ग्रसित छिन् ।

दुबै मृगौलाले काम गर्न छोडेकोले हाल पोखरास्थित लेकसिटि हस्पिटल एण्ड कृटिकल केयर प्रालिमा उपचाररत छिन् । तर उनको आर्थिक स्थिति कमजोर भएका कारण उपचारमा समस्या भएपछि म्याग्दीको म्याग्दी बहुमुखी क्याम्पस इकाईमा आवद्ध विद्यार्थीहरुले मृगौला पिडित छन्त्यालको उपचार खर्च जुटाउन लागिपरेका छन् ।

नेपाल बिद्यार्थी संघ म्याग्दी बहुमुखी क्याम्पस इकाईको नेतृत्वमा आज ३०८०० (तीस हजार आठ सय) रूपैया संकलन भएको छ । संकलित रकम छिट्टै छन्त्याल परिवारलाई हस्तान्तरण गर्ने नेविसंघ म्यादी बहुमुखी क्याम्पसकि इकाई अध्यक्ष सुजाता खत्रीले बताइन् । नेविसंघले बिगतका समय देखि नै समाजका हरेक पक्ष संग काम, सहयोग गर्दै आएको र यी र यस्ता खालका मानवीय समवेदना हुने कार्य लागि विभिन्न निकाय संग समन्वय गर्दै अगाडि बढने पनि खत्रिले बताईन् ।

विद्यार्थीहरुले सहयोगको लागि नेविसंघ इकाइ समिति को तर्फबाट सम्पुर्णमा अपिल गरेका छन् ।
उपचारारत छन्त्यालको नवजीवनका लागि देश बिदेश मा रहेका नेपाली दाजुभाइ र दिदिबहिनी तथा सम्पुर्ण सहयोगी मनहरुमा अनुरोध गरेका छन् । सहयोग को लागी प्रभु बैंक को खाता नम्बर नम्बर(09500101605034000001)
थप जानकारी को लागि मोबाइल न.9847731815, 9821371519,9821384703 मा सम्पर्क गर्न सक्नुहुनेछ ।


सम्बन्धित खबरहरु