जब गगनले संसदमा स्वस्थानी सुनाए…

ओकेखबर संवाददाता ६ फाल्गुन २०७६, मंगलवार २२:११ मा प्रकाशित ( साल अघि) २८८ पाठक संख्या

काठमाडौं । बालुवाटारको जग्गा प्रकरणबारे नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले संसदमा विरोध गरेका छन् ।

बालुवाटारको ललितानिवासको जग्गा प्रकरणामा नेकपाका महासचिव विष्णु पौडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दिएको स्पष्टीकरण र आयोगले दायर गरेको मुद्दाप्रति थापाले फरक शैलीमा विरोध गरे ।

स्वस्थानी व्रतकथाको शैलीमा सांसद थापाको भनाइ

कुमारजी आज्ञा गर्नुहुन्छ, हे विष्णुमणि ! अब उप्रान्त कसैको चोरीको सामान किन्दा सकेसम्म कसैलाई थाहा नहुने गरी किन्नू । थाहा पाइहाले होइन होइन भन्नू । चित्त बुझाउन नसकेर अफ्ठेरो पर्न गए हत्तपत्त फर्काउनू र दुईपटक विष्णु विष्णु भन्नू । त्यसमा पनि लोकले चित्त बुझाएनन् भने गोकुलधाममा खड्‍ग उचाल्नू र चारपटक विष्णु विष्णु भन्नू । त्यसको प्रभावले तिम्रो हाम्रो अनुहारमा लागेको दाग लोकले देखे पनि देख्नुपर्नेले देख्ने छैनन् । इतिश्री अख्तियारपुराणे कुमार–विष्णु सम्वादे श्री स्वास्थानी व्रतकथायां बालुवाटार प्रकरण वर्णनम् नाम प्रथमो अध्याय ।


सम्बन्धित खबरहरु