स्ववियू निर्वाचन स्थगित, त्रिविको निर्णयप्रति नेविसंघ महामन्त्री थपलियाको आपति

ओकेखबर संवाददाता ६ फाल्गुन २०७६, मंगलवार २१:५४ मा प्रकाशित ( साल अघि) ९४१ पाठक संख्या

काठमाडौं । फागुन १४ गते तोकेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन त्रिभुवन विश्वविद्यालयले अनिश्चितकालका लागि स्थगित गरेको छ ।

त्रिवि कार्यकारी परिषदको बैठकले स्ववियू चुनाव अर्को सूचना नहुँदासम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

त्रिविअन्तर्गत विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले गरेको परिपत्रमा ‘विशेष कारणबस’ स्ववियु निर्वाचन कार्यक्रम स्थगित भएको उल्लेख छ ।
मिति घोषणा गरेपनि त्रिविले निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न सकेको थिएन्। विद्यार्थी संघ संगठनबीच सहमति नहुँदा निर्वाचन अनिश्चित बनेको थियो।

यता स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अनिश्चितकालका लागि सारिएको प्रति नेविसंघका महामन्त्री उर्मिला थपलियाले गम्भीर आपति रहेको जनाएकी छिन् । उनि भन्छिन्, ‘त्रिभुवन विश्वविद्यालयले फागुन १४ गतेलाई घोषणा गरिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगित गरेको छ । त्रिवि आफै निर्वाचन गर्न प्रतिबद्ध छैन भन्ने कुरा त प्रष्ट भैसक्यो । आफै निर्वाचन रोक्ने अनि नेबि संघलाइ दोष लगाएर त्रिवि उम्किन मात्र खोजेको देखियो । खबरदार विद्यार्थी आन्दोलन मार्फत स्थापित स्वबियु लाइ फेरि पनि सत्ताको फेरो समातेर अन्यौल मा पार्ने काम नेबि संघलाइ मान्य हुने छैन । तक्काल निर्वाचनको माहोल बनाएर स्वबियु निर्वाचन तर्फ उन्मुख हुन त्रिवि लाइ अनुरोध गर्दछौ ।’


सम्बन्धित खबरहरु