कोरोना भाइसर : एकैदिनमा ९८ सहित ज्यान गुमाउनेको सङ्ख्या १८ सय नाघ्यो

एजेन्सी ६ फाल्गुन २०७६, मंगलवार ०८:१३ मा प्रकाशित ( साल अघि) २८४ पाठक संख्या

काठमडौं । चीनमा कोरोना भाइसरबाट मृत्यू हुने र संक्रमितहरुको संख्या बढ्दो छ । विश्व स्वाथ्य संगठा (डव्लूएचओ) ले (कोभिड–१९) नाम दिएको कोरोना भाइसरबाट सोमबार सम्ममा मात्रै १८ सय ६८ जनाको ज्यान गइसकेको चीनको स्वास्थ्य आयोगले जनाएको छ ।

सोमबार एकैदिन हुबेई प्रान्तमा ९३ जना र चीनकै अन्य क्षेत्रमा पाँच जनाको ज्यान गएको हो । एक हजार आठ सय ८६ जना नयाँ सङ्क्रमित थपिएसँगै कुल सङ्क्रमितको सङ्ख्या ७४ हजार चार सय ३६ पुगेको छ ।

गत वर्षको अन्त्यतिर मध्य चीनको उहानबाट फैलिएको कोरोनाका कारण चीनबाहिर चार जनाको ज्यान गइसकेको छ । फिलिपिन्स, हङकङ, जापान र फ्रान्समा एकरएक जनाको ज्यान गएको छ ।

सञ्चार संस्था अल जजिराले सोमबार प्रकाशित गरेको एक प्रतिवेदनअनुसार कोरोनाको प्रकोप रोक्न खटिएका डाक्टर र नर्सले कठिनाइको सामना गरिरहेका छन् ।

गएको १४ फेब्रुअरीमा सरकारी तथ्याङ्कले कोरोना सङ्क्रमितको उपचारमा खटिएका एक हजार सात सय १६ जना चिकित्सक सङ्क्रमित भएको देखाएको थियो ।
गम्भीर अवस्थामा झण्डै आधा बिरामीले ज्यान गुमाउने गरेको पनि समाचार संस्थाले जनाएको छ ।

कोरोना भाइरस फैलन नदिन विश्वका धेरै मुलुकले चीनसँगको आवातजावतमा कडाई गरिसकेका छन् । चीनले उहानबाट भाइरस अन्यत्र फैलिन नदिन विशेष सतर्कता अपनाएको छ, तर भाइरस फैलिन छाडेको छैन । चीन सरकारले उहान समेत धेरै शहर बजारमा मानिसको आवतजावत रोक्नुका साथै सवारी साधनहरु बन्द गरेको छ ।एजेन्सी


सम्बन्धित खबरहरु