नवनियुक्त कानुन मन्त्री तुम्बाहाङ्फेद्वारा पदभार ग्रहण

ओकेखबर संवाददाता ५ फाल्गुन २०७६, सोमबार १९:४९ मा प्रकाशित ( साल अघि) २९१ पाठक संख्या

काठमाडौं । नवनियुक्त कानुन न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले पदभार ग्रहण गर्नुभएको छ ।

तुम्बाहाङ्फेले सोमबार दिउँसो राष्ट्रपति भवनमा पद तथा गोपनियाताको शपथ ग्रहण गरेसँगै पदभार ग्रहण गर्नुभएको हो । उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गर्नुभयो ।

उपेन्द्र यादवको बहिर्गमनपछि रिक्त रहेको कानुन मन्त्रालयको जिम्मेवारी स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सम्हाल्दै आउनुभएको थियो ।

यसअघि उपसभामुख रहनुभएकी शिवमायाले तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पदको दाबी गर्नुभएको थियो ।

तर नेकपा सचिवालयले अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय गरेपछि उहाँले राजीनामा दिनुभएको थियो ।


सम्बन्धित खबरहरु