युगलजोडी धुर्मुस सुन्तलीद्धारा निर्मित फिल्म ‘सेन्टी भाइरस’ शुक्रबारदेखि देशैभरी

ओकेखबर संवाददाता ५ फाल्गुन २०७६, सोमबार ०९:४७ मा प्रकाशित ( साल अघि) ३९७ पाठक संख्या

काठमाडौं । युगलजोडी धुर्मुस सुन्तलीद्धारा निर्मित फिल्म सेन्टी भाइरस यही शुक्रबारदेखि अल नेपाल रिलिज हँदै छ। श्रीमान र श्रीमती दुई फरक पार्टीमा आबद्ध हुँदा परिवारमा उत्पन्न हुने कलहमा ‘सेन्टी भाइरस’ आधारित छ । यो फिल्मको ट्रेलर र ‘फनफनी’ बोलको गीतले दर्शकबाट राम्रो प्रतिक्रिया बटुलेको छ । सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ फिल्मको केन्द्रिय भूमिकामा छन् ।

फिल्ममा दयाहाङ राई, विल्सन विक्रम राई, वुद्दि तामाङ, राजाराम पौडेल, सन्दिप क्षेत्री, कमलमणी नेपाल, सुनिता घिमिरेलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । फिल्मको आम्दानीको ५० प्रतिशत चितवनमा निर्माण भैरहेको ‘क्रिकेट रंगशाला’ निर्माणमा खर्च गरिने बताइएको छ । सुबिहानी फिल्मस् प्रा।लीको ब्यानरमा निर्मित फिल्मको निर्माण डिन्डु लामा ह्योल्मोले गरेका हुन् ।

त्यस्तै धुर्मुस–सुन्तली फाउन्डेसनद्वारा चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला परिसरमा शुक्रबार फिल्म पत्रकार तथा धुर्मुस–सुन्तलीद्वारा निर्मित फिल्म सेन्टी भाइरस टिमबीच मैत्रीपूर्ण क्रिकेट खेल भएको छ।

खेलमा फिल्म पत्ररकार टिमले सेन्टी भाइरसको कलाकार टिमलाई ८ विकेटले पराजित गरेको छ। खेलमा सेन्टी भाइरस टिमले दिएको १ सय ३८ रनको लक्ष्य पछ्याएको सिने पत्रकारको टिमले १५ ओभरमा ८ विकेटको रक्षा गर्दै जितेको हो।
फिल्म सेन्टी भाइरस यही शुक्रबारदेखि अल नेपाल रिलिज हँदै छ।


सम्बन्धित खबरहरु