क्वारेन्टाइन राखेपछि खरिपाटीबस्ती सुनसान, नि:शुल्क हेल्थडेक्समा पनि गएनन् कोही

ओकेखबर संवाददाता ४ फाल्गुन २०७६, आईतवार २२:५९ मा प्रकाशित ( साल अघि) ३०२ पाठक संख्या

काठमाडौं । चिनको वुहानबाट एक सय ७५ नेपालीलाई भक्तपुरको खरिपाटी क्वारेन्टाइनमा राखेपछि स्थानीयहरु भगाभाग छन् । भक्तपुरको खरीपाटीस्थित बाँसघारी टोल सुनसान छ । स्थानीयहरुको घरघरमा ताला लगाईएको छ । नेपाल सरकारले नोवेल कोरोनाको संक्रमणले चीनाम आतंक मच्चाइरहँदा चीनमा भएका नेपालीको उद्धार गर्न भक्तपुरको खपिाटीमा क्वारेन्टाइन बनाएको थियो । तर स्थानीयले आफुहरुमा पनि संक्रमण फैलनसक्ने भन्द पटक–पटक विरोध गर्दै आएका थियो ।

 

आइतबार क्वारेन्टाइनमा उद्धार गरिएका मानिसहरु राखिएपछि खरिपाटीको दृश्य बदलीएको छ । स्थानीयहरुका लागि भनेर  छुट्टै हेल्थ डेस्क स्थापना गरिएको छ । तर हेल्प डेक्समा कोही पनि जाँचका लागि नपुगेका डाक्टरले बताएका छन् ।

उनले आजदेखि चिकित्सकसहितको हेल्थ डेक्स राखिएको र स्थानीयवासीको निःशुल्क स्वास्थ्य परीक्षणदेखि आवश्यक परेमा निःशुल्क उपचारसमेत गर्नेगरी व्यवस्थापन गर्न लगाइएको बताए ।
चाँगुनारायण–७ घुमाउनेस्थित सामुदायिक भवनमा भक्तपुर अस्पतालका एक चिकित्सक र एक नर्ससहितको टोलीले आजदेखि हेल्थ डेक्स स्थापना गरेको हो ।

डा बज्राचार्यले आज १०ः०० बजेदेखि निःशुल्क हेल्थ क्याम्प सञ्चालन गरेको जानकारी दिँदै हेल्थ डेक्समा आउने स्थानीय बासिन्दाको स्वास्थ्य परीक्षण एवं निःशुल्क औषधि वितरणका लागि आवश्यक औषधिसमेत ल्याइएको बताए । प्रत्येक दिन १०ः०० बजेदेखि ३ः०० बजेसम्म हेल्थ डेक्स सञ्चालनमा रहने बताउँदै डा बज्राचार्यले आज पहिलो दिन भएकाले होला स्वास्थ्य परीक्षणका लागि कोही नआएको बताए ।

नियमितरूपमा कम्तीमा १४ दिनसम्म यस स्थानमा हेल्थ क्याम्प सञ्चलन हुने भएको छ । क्वारेण्टाइनमा बस्नेका लागि हरेक दिन स्वास्थ्यजाँच गर्दा त्यहाँका स्थानीयवासीको पनि स्वास्थ्य जाँच गर्नुपर्ने नगरप्रमुख मिश्रको भनाइ छ ।


सम्बन्धित खबरहरु