सरकारको दुई वर्षे कार्यकाल पूर्ण सफल रहेको प्रधानमन्त्रीको दाबी

ओकेखबर संवाददाता ३ फाल्गुन २०७६, शनिबार १३:०३ मा प्रकाशित ( साल अघि) २८० पाठक संख्या

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले दुई वर्ष पूरा गर्नु पनि आफैंमा उपलब्धि भएको बताएका छन्।

प्रधानमन्त्री नियुक्त भएको दुई वर्ष पूरा भएको अवसरमा संसदमा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्। ुलामो समय ६र७ महिनामा सरकार फेरिइरहने विगतको स्थिरतालाई ध्यानमा राख्दा हाम्रो देशमा एउटै पार्टीको एउटै सरकार स्थापना गर्नु दुई वर्ष पूरा गर्नु पनि एउटा उपलब्धिका रुपमा लिनुपर्ने अवस्था आउँदो रहेछु, ओलीले भने।

आफूले पहिलो वर्षलाई आधार वर्ष र दोस्रोदेखि पाँचौँ वर्षसम्मलाई उपलब्धि वर्षका रुपमा लिएको प्रधानमन्त्री ओलीको भनाइ छ। अल्पकालीन सरकारले क्षणिक लोकप्रिय कार्यक्रम गर्ने र स्थायी सरकारले तत्कालीन, अल्पकालीन र दीर्घकालीन लक्ष्यसहित काम गर्ने भन्दै ओलीले आफूले विस्तारै काम गरिरहेको दाबी गरे।

नेपाल तीव्र आर्थिक विकास गरिरहेको सूचीमा शीर्ष १० देशभित्र रहेको भन्दै उनले लगातार तीन वर्षको आर्थिक वृद्धिदर ६ दशमलव ५ प्रतिशतभन्दा माथि रहेको बताए। गरिबी १ दशमलव ५ प्रतिशतले कमी आएको उनको दाबी छ। यो अवधिमा पुराना बेरोजगार सबैले काम नपाए पनि नयाँ बेरोजगार नथपिएको जिकिर गरे। यो वर्ष ५५ वटा कानुन निर्माण भएको र मौलिक हकहरु कार्यान्वयनमा आएको पनि उनले उल्लेख गरे।


सम्बन्धित खबरहरु