१७ जनाको टोलीसहित नेपाल एयरलायन्सको जहाज नेपालीलाई लिन आज बेलुकी चीन जाँदै

ओकेखबर संवाददाता ३ फाल्गुन २०७६, शनिबार १२:०१ मा प्रकाशित ( साल अघि) २६८ पाठक संख्या

काठमाडौं । कोरोना भाईरसको संक्रमण रहेको चीनमा रहेका नेपालीलाई लिन नेपाल एयरलायन्सको जहाज आज चीन जाँदै छ ।
कोरोनाको डरले स्वदेश आउन चाहेका एक सय ८५ नागरिक लिन विशेष तालिमप्राप्त टोली चीनको हुबेई प्रान्तको वुहान सहर जाँदै छ ।

नेपाल वायुसेवा निगमको ३३०–२०० सिरिजको २७४ सिटे वाइडबडी जहाज अपराह्न ३ बजे त्रिभुवन विमानस्थलबाट उड्ने तालिका रहेको छ ।
आन्तरिक व्यवस्थापकीय प्रयास थालेको १३ दिनपछि सरकारले उद्धार गर्न लागेको हो ।

साँझ ६ बजेर ४५ मिनेटमा वुहान पुग्ने र त्यसको दुई घन्टापछि नै काठमाडौं प्रस्थान गर्नेछ । नेपाली समयअनुसार आइतबार बिहान २ बजेर १५ मिनेटमा नेपाल आइपुग्नेछ ।
कोरोना भाइरस कोभिड १९ को प्रकोप रहेको चीनको बुहानबाट नेपालीहरुलाई नेपाल ल्याउन नेपालबाट १७ जनाको टोली चीन जानेछ ।
हुबेई प्रान्तका विभिन्न ठाउँमा रहेका नेपालीलाई वुहानमा जम्मा गर्ने प्रबन्ध मिलाइसकेको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ ।

वुहानदेखि काठमाडौंसम्मको उडान अवधिमा चालक दलका सदस्य र स्वास्थ्यकर्मीले दिएको निर्देशन, सल्लाह र सुझाबको पूर्ण पालना गर्न स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।
क्वारेन्टाइनमा लगभग लगभग ६० कोठा व्यवस्थापन गरिएको छ । उचित दूरीको फरकमा एकदेखि तीनजनासम्म राख्ने गरी व्यवस्था गरिएको छ । ६ जनाले एउटा शौचालय प्रयोग गर्नुपर्नेछ । सबैको दिनमा दुईपटकसम्म तामक्रम जाँच हुनेछ ।


सम्बन्धित खबरहरु