काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका ६ मा रहेको खानेपानी कार्यालयमा प्रहरी र स्थानिय बासिन्दाबीच झडप भएको छ ।
चीनको ऊहानमा रहेका नेपालीको उद्धार गरेर सरकार ल्याउन लागेको र उनीहरुलाई लिन जाने नेपाल वायुसेवा निगमको विमानका चालक, सहचालक र परिचारिकालाई १४ दिनसम्म नगरकोटको खानेपानीमा बनाएको क्वारेन्टाइन राख्न लागेको बिरोधमा स्थानीयले आन्दोलन गर्ने क्रममा प्रहरीसंग झडप भएको हो ।
आक्रोसित भएका स्थानीयले सडक बन्द गराई बिरोध गरेपछि प्रहरीले रोक्न बल प्रयोग गर्दा झडप भएको र ढुङ्गा हानाहान भएको वडा नं. ६ का अध्यक्ष सन्तबहादुर तामाङ्गले बताउनुभयो ।