बिहानै भारतिय ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

राजाराम डंगोल २ फाल्गुन २०७६, शुक्रबार ०८:५८ मा प्रकाशित ( साल अघि) ११०९ पाठक संख्या

धादिङ । धादिङको बेनीघाटको चरौदी पुलमा शुक्रबार बिहान भारतीय ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।

प्रदेश ३-०२-०१४ प ३९८९ नम्बरको स्कुटर चालक सोलुखुम्बु, मुक्ली नगरपालिका-१ का २२ वर्षीय प्रकाश बस्नेतको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ।

स्कुटरमा सवार अर्का घाइते काभ्रेका सनिस थापालाई उपचारका लागि काठमाडौ लगिएको प्रहरी निरीक्षक भोजराज पाण्डेले जानकारी दिनु भयो ।

स्कुटरलाई ठक्कर दिने बिआर-०६-जिडी- ८६७१ नम्बरको भारतीय ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने दुर्घटना लगत्तै भागेका ट्रक चालकको खोजि भइरहेको प्रहरीले जनाएको छ।


सम्बन्धित खबरहरु