त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कफी सपमा आगलागी

ओकेखबर संवाददाता २७ माघ २०७६, सोमबार २१:२५ मा प्रकाशित ( साल अघि) ४३५ पाठक संख्या

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार साँझ भएको आगलागी नियन्त्रणमा आएको छ ।

विमानस्थलको डिपार्चर टर्मिनल भवनमा रहेको कफीसपमा ‘विद्युत सर्ट’ हुँदा आगलागी भएको विमानस्थल स्रोतले जनाएको छ ।
कफिसपबाट शुरु भएको आगोले भिषण रुप लिएपछि यात्रु कक्षमा रहेका यात्रुहरुबीच कोलाहल मच्चिएको थियो ।

विमानस्थल प्रमुख देवेन्द्र केसीले आगो नियन्त्रमा लिइसकिएको जानकारी दिए ।

प्रहरी तथा विमानस्थलको बारूण यन्त्रले आगो नियन्त्रणमा लिएका हुन् । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको छ ।


सम्बन्धित खबरहरु