पूर्वसचिव कार्कीकी श्रीमतीलाई पिर्काले हानेर हत्या गरी कमदारले गरे आत्महत्या

ओकेखबर संवाददाता २७ माघ २०७६, सोमबार १५:३७ मा प्रकाशित ( साल अघि) ३२५ पाठक संख्या

काठमाडौं – पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुनाको हत्यामा कामदारको संलग्नता रहेको प्रहरीको प्रारम्भिक अध्ययनले देखाएको छ ।

कार्कीको घरमा काम गर्न बसेका विजय चौधरीले कार्कीकी पत्नीको हत्या गरी आफूले पनि आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरी स्रोतले जनाएको छ ।

अर्धचेत अवस्थामा भेटिएकी मुनालाई उद्दार गरेर प्रहरीले स्टार हस्पिटल लगेको भएपनि डाक्टछरले केहीबेरमा मृत घोषणा गरेका हुन् ।

अपराध स्थलमा फरेन्सिक विज्ञको टोली पुगेर अनुसन्धान थालेको लितपुर प्रहरी परिसरका प्रमुख एसएसपी टेकप्रसाद राईले बताए ।


सम्बन्धित खबरहरु