हाम्रो जनजीवन, रहनसहन, चार्डपर्व, वातावरण, पशुपन्क्षी, समाज र संस्कृतिलाई चित्रमार्फत असाध्यै नजिकबाट नियाल्ने उद्देश्यले चित्रकला प्रर्दशनी गरिएको धादिङ सिर्जना प्रष्ठिानका अध्यक्ष प्रकाश पौडेलले जानकारी दिनुभयो ।
कला भित्रको कला ‘चित्रकला’ प्रर्दशनीले कलाको सम्मान गर्ने र चित्रकलामा अघि बढ्न हौसाला प्रदान गर्न कार्यक्रमले सहयोग गरेको धादिङ सिर्जना प्रतिष्ठानका संस्थापक अध्यक्ष तथा वरिष्ठ साहित्यकार बद्रीप्रसाद दाहालले बताउनुभयो । ‘सुरुवातमा वाटर कलरको प्रयोगबाट सेतो कागजमा उतार्ने गरिन्थ्यो । अहिले प्रविधिको विकास भएसँगै वाटर कलर भन्दा एक्रेलिक कलरको बढी प्रयोग गरेर खस्रो चिप्लो क्यानभासमा उतार्न थालिएको छ ।’ दाहालले भन्नुभयो, ‘प्रतिष्ठानले गरेको यस्तो प्रशंसनीय कार्यक्रमले नयाँपुस्ताको कलाको उजागर गर्न सहयोग गरेको छ, यस्तो किसिमको कार्यक्रमलाई निरन्तरता दिनु जरुरी छ ।’
त्यस्तै शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख अम्बिका प्रसाद आचार्यले सामुदायिक तथा नीजि विद्यालयहरुमा शिक्षकहरुले विद्यार्र्थीहरुलाई चित्रकला, खेलकुद तथा मनोरञ्जनलाई पनि प्राथमिकता दिनुपर्ने र नेपाल सरकारले २०२० लाई भ्रमण बर्षको रुपमा अगाडि बढाएकाले नेपालका चिनारीहरुलाई विश्वभर फैलाउनु पर्नेमा जोड दिनु भयो ।
धादिङ सिर्जना प्रतिस्ठानद्वारा आयोजित जिल्लामै पहिलो पटक हो । दुईदिने प्रर्दशनी भनिएको कार्यक्रम विभिन्न विद्यालयहरुको विशेष अनुरोधमा तिनदिनसम्म प्रर्दशनी गरिएको छ । शुक्रबारबाट शुरु भएको प्रदर्शनी दर्शकको अत्याधिक माग भएपछि एक दिन थप गरि आइतबार पनि सञ्चालन गरिएको हो । त्यसो त प्रर्दशनीमा वभिन्न विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधीहरु र पत्रकारहरु लगायत करिव १८ सय भन्दा बढीले अवलोकन गरेका थिए ।
नीलकण्ठ माध्यामिक विद्यालय परिसरमा रहेको स्रोतकेन्द्रको हलमा सञ्चालित चित्रकला प्रर्दशनीमा चित्रकार जगत तामाङ लगायत विभिन्न विद्यालयका विद्यार्थी चित्रकारहरुले तयार पारेका ३१ वटा चित्रहरु प्रर्दशनीमा राखिएको थियो । प्रर्दशनी कार्यक्रममा सिर्जना प्रतिष्ठानका संस्थापक अध्यक्ष बद्रीप्रसाद दाहालको अध्यक्षता र शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख अम्बिका प्रसाद आचार्यको प्रमुख आतिथ्यता रहेको थियो ।