षड्यन्त्र गरि नेकपा सरकारले सिंगो व्यवस्था निल्ने प्रयास गरिरहेको छ : गगनकुमार थापा

ओकेखबर संवाददाता २६ माघ २०७६, आईतवार ०९:४३ मा प्रकाशित ( साल अघि) ४७८ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसका केन्दीय सदस्य तथा संघीय सांसद गगनकुमार थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानमाथी प्रश्न उठाएका छन् ।
बालुवाटार जग्गा प्रकरणमा नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारसहित अख्तियारले १७५ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । यसै विषयलाई लिएर नेकपाका नेतालाई उन्मुक्ति दिदा अख्तियारले पूर्वाग्रहपूर्ण ढ्रंगले निर्णय गरेको बताएका छन् ।
‘भ्रष्ट्राचार कांग्रेसको सभापतिले गर्नुभएको छ भनेपनि उहाँ पनि जेल जानुपर्छ, उपभापतिले गरेपनि जानुपर्छ मैले गरेपनि जानुपर्छ ।’ उनले भने ‘छुट कसैलाई पनि छैन । कांग्रेस भएको कारणले गर्दा उसलाई भ्रष्ट्राचारको अभियोग नै लाग्दैन भन्ने हुँदैन, भ्रष्ट्राचार गरेको छ भने त्यसको सामना गर्नुपर्ने जिकिर गर्नुपर्छ,  ‘थापाले भने ।

ललिता निवास जग्गा प्रकरणलाई लिएर ‘कसैलाई चोर्न मन लागे चोर्ने, कसैले देखेन भने खल्तीमा हाल्ने, देख्यो भने विष्णु विष्णु भन्दै फिर्ता गर्ने ?’ भन्दै व्यांग्य गरे । ‘मन्त्रीले बदनियत राख्यो होला भन्ने अनुमान गर्ने अख्तियारले तर अन्तिम फैसल गर्ने प्रधानमन्त्रीले बद्नियत राख्नुभएको छैन भरेर भन्न पाउँछ ?’ थापाले प्रश्न गरे ।
सरकारले ललिता निवासको जग्गाको विषयमा काँग्रेस उपसभापतिलाई मुद्दा दर्ता गरेर तत्कालीन प्रधानमन्त्रीलाई जोगाउन खोजेको उनको आरोप थियो ।

त्यसो त वालुवाटार जग्गा प्रकरण लगायतका विषयहरुले ठूलो राजकीय सत्ताको दुरुपयोग गरेर षड्यन्त्र गरि कम्युनिष्ट सरकारले सिंगो व्यवस्था निल्ने प्रयास गरिरहेको भन्दै  यसको प्रतिरोध गर्न तयार रहन आव्हान गरे । उनले नेपालको संविधान र व्यवस्था जोगाउनको लागि कांग्रेसले शालिन र बुलन्द संघर्ष गर्नुपर्ने बताए ।

नेपाली कांग्रेस ज्वालामुखी काठमाडौँ सम्पर्क समितिलेआयोजना गरेको बृहत पिकनिक तथा टेलिफोन डायरी बिमोचन कार्यक्रममा नेपाली कांग्रेस धादिङका नेताहरु शिवराज अधिकारी, बासु तिमल्सेना, ज्वालामुखी गाउँपालिका अध्यक्ष विनोद राज तिमल्सेना, कांगे्रस धादिङका नेता यमनाथ दनै, नरेन्द्र भट्ट, योग बहादुर तामाङ, महिलासंघ धादिङकी अध्यक्ष अम्विका अधिकारी, टान अध्यक्ष खुमबहादुर सुवेदी लगायले आफ्नो मन्तव्य राखेका थिए ।

कार्यक्रममा १३औं दक्षिण एसियाली खेलकुद सागमा ज्वालामुखी गाउँपालिकाबाट स्वर्ण जित्ने सन्तोषी श्रेष्ठ, र रजत पदक जित्ने आशिष दुवाडीलाई सम्मान समेत गरिएको थियो ।


सम्बन्धित खबरहरु