बार्सिलोना र रियल मड्रिड पराजित

ओकेखबर संवाददाता २४ माघ २०७६, शुक्रबार ०८:३१ मा प्रकाशित ( साल अघि) ३५९ पाठक संख्या

एजेन्सी । बार्सिलोना र रियल मड्रिड कोपा डेल रे फुटबलको क्वार्टरफाईनलमै पराजित भएका छन् । बिहिबार राति भएको खेलमा बार्सिलोना एट्लेटिको बिल्बाओसंग र रियल मड्रिड रियल सोसिडाडसंग पराजित भएको हो ।

बार्सिलोना एट्लेटिको बिल्बाओसंग १–० ले पराजित भयो । बार्सा लगातार सात पटक कोपा डेल रे फुटबलको फाईनल पुग्ने सपना क्वार्टरफाईनलमै सिमित बन्यो ।

खेलको अतिरिक्त समयमा सर्जियो बुस्केटको आत्मघाति गोल बार्सिलोनालाई प्रतियोगिताबाट बाहिर पुर्याउन पर्याप्त रह्यो ।

अर्को खेलमा रियल मड्रिड भने रियल सोसिडाडसंग ४–३ गोल अन्तरले पराजित बन्यो । सोसिडाडका मार्टिन ओडिगार्डले माउ क्लबबिरुद्व गोल गर्दै रियल मड्रिडलाई क्वार्टरफाईनलबाटै घर फर्काए ।

दुई बर्षको लोनमा रहेका नर्वेजियन मिडफिल्डरको पहिलो गोल गर्दै सोसिडाडलाई अग्रता दिलाएका थिए । अलेक्जेण्डर ईसाकले सोसिडाडको अग्रता दोब्बर बनाउने काम गरे । दुई मिनेपछि अर्को गोल थप्दै ईसाकले सोसिडाडलाई ३–० को स्थितीमा पुर्याएका थिए ।

मार्सेलो र रोड्रिग्वोले मड्रिड क्लबका लागि गोल गर्दै पुनरागमनको आश देखाएका थिए । मिकेल मोरिनोले सोसिडाडको तर्फबाट एक गोल थपेका थिए । खेलको अन्तिममा नाचोले गोल गर्दै रियलको हार अन्तर घटाउने काम गरे ।

जिनेदिन जिदानको टिम ला लिगाको शीर्ष स्थानमा छ । मड्रिड क्लबले २२ खेलमा मात्र १३ गोल मात्र ब्यहोरेको छ । र कोपा डेल रेको क्वार्टरफाईनलमा मड्रिड क्लबले ४ गोल ब्यहोर्न पुग्यो । मड्रिड क्लब २१ खेलमा अपराजित थियो ।

सन् २०१० पछि पहिलो पटक कोपा डेल रेको फाईनल बार्सिलोना र रियल मड्रिड बिनाको हुने भएको छ ।


सम्बन्धित खबरहरु