भारतिय बिस्तारवाद को बिरोध गर्दै जुम्लाका यूवाले जलाए मोदीको पुत्ला,

ओकेखबर संवाददाता २५ कार्तिक २०७६, सोमबार ०७:२३ मा प्रकाशित ( साल अघि) ५२१ पाठक संख्या

जुम्ला -भारतीय नयाँ नक्सा बारे अहिले देशभर व्यापक विरोध भईरहेको छ । नयाँ नक्सामा नेपालका भूमि समावेश भएको भन्दै विरोध भईरहेको हो ।

यस्तै शुक्रबार जुम्लाका यूवाहरुले भारतीय नक्सा सच्याउन माग गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाईएको हो ।

जागौँ यूवा कर्णाली नेपाल जुम्लाको अगुवाईमा जुम्लाका क्रियाशिल यूवाहरुले विरोध जनाएका हुन् । सदरमुकाम खलंगामा भारतीय विस्तारबाद मुर्दाबाद,सिमा अतिक्रमण गर्न पाईदैन, सिमा अतिक्रमण बन्द गर, मिचिएको हाम्रो भूमि फिर्ता गर लगायतका नारा समेत यूवारुहले लगाएका थिए ।

जागौँ यूवा कर्णाली नेपाल जुम्लाका हरिश रोकायाले देशको सिमा रक्षाको लागि यूवाहरु एकजुट हुनुको विकल्प नरहेको बताएका छन् ।

प्रदर्शनमा विभिन्न सामाजिक सस्थामा आवद्ध यूवाहरु, प्लस तहमा अध्ययन विद्यार्थीहरुको सभागिता रहेको थियो ।

मिसन टुडेए बाट


सम्बन्धित खबरहरु