कैलालीका एक युवाले लेखे मोटरसाइकलको नम्बर प्लेटमा “लिपुलेक हाम्रो हो”

ओकेखबर संवाददाता २५ कार्तिक २०७६, सोमबार ०७:२२ मा प्रकाशित ( साल अघि) ६७७ पाठक संख्या
कैलाली। भारतले यही साता जारी गरेको नयाँ राजनीतिक नक्शामा नेपाली भू-भाग समावेश गरेपछि सुदूरपश्चिमका युवाले नयाँ शैलीले विरोध प्रदर्शन गरेका छन्।

मोटरसाइकलको नम्बर प्लेटमा ‘लिपुलेक, कालापानी हाम्रो भूमि हो’ लेखेर विरोध जनाएका हुन्।यस्ता नारा लेखिएका मोटरसाइकल लिएर सुदूरपश्चिमका युवा कैलालीको धनगढी, अत्तरियालगायत क्षेत्रमा निस्किएका छन्।

लिपुलेक, कालापनीलगायतको नेपाली भूमिमा भारतले वर्षौंदेखि कब्जा जमाएको छ। यही साता जारी गरेको राजनीतिक नक्शमा यी भूमि भारतमै पारिएको छ। नेपालमा त्यसको चौतर्फी विरोध भइरहेको छ।

राजनीतिक दल, बुद्धिजीवी, नागरिक समाज तथा सीमा विज्ञहरूले कूटनीतिक पहल थाल्न सरकारको ध्यानाकर्षण गराइरहेका छन्।

परराष्ट्र मन्त्रालयले विज्ञप्ति सार्वजनिक गरेर कालापानी नेपालको भूमि भएको जनाएको छ भने भारतको विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले उक्त क्षेत्र विवादित भूमि भएको बताएका थिए।
(देखापढी डटकमबाट साभार)


सम्बन्धित खबरहरु