मोदिले दिए कडा चेतावनी: भारतमा भएका नेपालीलाई बाहिर निकाल्ने तयारी

ओकेखबर संवाददाता २५ कार्तिक २०७६, सोमबार ०७:२२ मा प्रकाशित ( साल अघि) ६६३ पाठक संख्या

भारतमा बस्ने नेपाली र नेपाली भाषीहरु अब अप्ठेरोमा पर्न सक्ने सम्भावना देखिएको छ । भारतले अब आफ्ना देशमा रहेको आप्रवासीहरुलाई देशबाट निकाल्ने घोषणा गरेको छ ।

यस अघि आसाममा लागू गरिएको नेसनल रजिस्ट्रर अफ सिटिजन्स अब मुलुकभर लागू गर्ने घोषणा नरेन्द्र मोदी नेतृत्वको सरकारले गरेको हो ।

भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले यस्तो घोषणा गरेका हुन् । उनले अब छिट्टै यो नियम लागू लागू गरिने बताएका छन् । उनले सबै अवैध आप्रवासीहरुलाई देशबाट बाहिर निकालिने चेतावनी दिएका छन् ।

भारतीय दैनिक पत्रिका हिन्दूस्तानले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले यस्तो चेतावनी दिएका हुन् ।

उनले भने, ‘तपाईंहरु ईंग्ल्याण्ड, नेदरल्यान्ड्स, अमेरिका गएर बस्नुस् । तपाईंलाई कसैले घुस्न दिने छैन । भारतमा आएर चाहिँ कोही कसरी बस्न सक्छ ? यसरी देश चल्दैन ।’

उनले अब भारतमा बस्न भारतीय नागरिक नै हुनुपर्ने बताएका छन् । भारतीय बाहेक अरु गैरकानुनी रुपमा बस्न नमिल्ने उनको भनाई छ ।

चुनावी घोषणापत्रमा नै भाजपाले सो कुरा उल्लेख गरेको भएर देशभर एनआरसी लागू गर्ने प्रतिबद्धता जनाएको साहले स्मरण गराए ।

यसका अलावा अन्य कानूनी प्रक्रियाहरुमार्फत कारबाही गर्ने उनको भनाइ छ । आसाममा मात्रै झण्डै १९ लाख विदेशी नागरिक भएको जानकारी दिइएको छ ।

(साहारा सन्देश बाट साभार)


सम्बन्धित खबरहरु