भारतले सिमा मिचिरहेको बेला नेपाली युवा भारतिय नागरिक को ज्यान बचाउदै

ओकेखबर संवाददाता २५ कार्तिक २०७६, सोमबार ०७:२१ मा प्रकाशित ( साल अघि) ५२३ पाठक संख्या

महेन्द्रनगर,२३ कार्तिक। कन्चनपुरमा एकजना भारतीय नागरिक निकै दयनीय अबस्थामा फेला परेका छन।

कन्चनपुरको शुक्लाफाटा नगरपालिका वडा नम्बर १० स्थित खुलामञ्च नजिकै अन्दाजी ५९ वर्षका रतनिया बंगाली नाम गरेका भारतीय नागरिक उपचारको अभावमा छट्पटाईरहेको अवस्थामा फेला परेका हुन।

उनको निकै दयनीय अवस्था देखेर स्थानीय संस्था गुडलक फाउन्डेसन र सुनबरा कृषि सहकारी संस्थाको संयुक्त पहलमा उपचारको लागि महाकाली अञ्चल अस्पताल महेन्द्रनगरमा लगिएको छ।

“भारतले नेपालको जग्गा हस्तक्षेप गरिरहेको अवस्थामा भारतीय नागरिक भनेर त्यसै मृत्युको मुखमा छोड्न मनले मानेन, गुडलक फाउन्डेसनका सदस्य जेनल बिष्टले भने, हामीले एउटा मानवको धर्म निभाएर उपचारको अवस्थामा छटपटाइरहेका बंगालीलाई अस्पताल पुर्‍याएका हौँ।”

बंगालीको अहिले अस्पतालमा उपचार भइरहेको छ। उनी करिब ३ दिनदेखि बेवारिसे अबस्थामा उपचार नपाई छट्पटाइरहेका थिए।उनलाई के भएको हो भन्ने कुरा चेकजाँच पछि मात्रै थाहा हुने बताइएको छ।


सम्बन्धित खबरहरु