कञ्चनपुरका युवा ले भारतको सिमा क्षेत्र दसगजा पुगेरै गरे बिरोध

ओकेखबर संवाददाता २५ कार्तिक २०७६, सोमबार ०७:२१ मा प्रकाशित ( साल अघि) ८०१ पाठक संख्या

कञ्चनपुर – पुनर्वासका सामाजिक अभियन्ता हिमेश थापाको नेतृत्वमा गएको युवाहरुको एउटा समूहले भारत क्षेत्र दसगजा पुगेर भारतीय प्रधानमन्त्रीको तस्वीर जलाएका छन । नेपाल-भारतको सिमाना पिल्लर नम्बर १९६ नजिकै गएर युवाहरुले तस्वीर जलाएका हुन । केही दिन अघि भारत सरकारले कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायत नेपाली भूभाग आफ्नो नक्सा समेटेको विरोधमा देशका अन्य युवाहरूले झै पुनर्वासका युवाहरूले पनि विरोधका कार्यक्रमहरु गरीरहेका छन!

तस्वीर दहन पश्चात कोण सभालाई सम्बोधन गर्दै आफुहरु हरेक किसिमका अन्याय, अत्याचार थिचोमिचो, विभेद,विकृति र विसंगतिको विरुद्धमा लड्न तयार रहेको अभियन्ता हिमेश थापाको भनाई थियो ।

“सबै चिज फेर्न सकिन्छ तर छिमेकी फेर्न सकिँदैन।हामी भारतको पनि राष्ट्रिय स्वाधीनताको सम्मान गर्छौ।तर हाम्रो एक इन्च जमिनमा आँखा लगाए त्यो फिर्ता गर्न हाम्रा पूर्खाले झै फेरिपनि छातिमा गोलि खान तयार छौं। मातृभुमिको लागि बलिदान दिन नेपाली युवा तयार छौ” अभियन्ता थापाले बताए ।


सम्बन्धित खबरहरु