देउसीभैलो बाट सङ्कलित रकमले नयाँ पाइला द्वारा न्यानो कपडा बितरण

ओकेखबर संवाददाता २५ कार्तिक २०७६, सोमबार ०७:२० मा प्रकाशित ( साल अघि) १०३१ पाठक संख्या

बिराटनगर,२३ कात्तिक – देउसी भैलो बाट सङ्कलित रकमले टंकीसिनवारी सख्माका बृद्धवृद्धलाई न्यानो कपडा प्रदान गरिएको छ । कार्तिक महीना सकिनै लाग्दा चिसो बढ्न थालेपछि बृद्धवृद्धमा बढी समस्या हुने भएकाले उनिहरुलाई चिसोबाट जोगिन सजिलो होस भनेर न्यानो कपडा वितरण गरिएको हो ।

नयाँ पाईला विराटनगर टिमले देउसीभैलोबाट सङ्कलित रकमले ३० जना बृद्धवृद्धलाई व्लाङकेट हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष सुमन खड्काले बताए । विगतका केहि वर्षदेखि देशका विभिन्न ठाउँमा सहयोग गर्दै आइरहेको भए पनि यो पटकको सहयोग अन्य ठाउँको भन्दा महत्वपुर्ण सहयोग भएको उनको भनाइ छ ।

सहयोग पाएपछि स्थानीय बालगोविन ऋषिदेवले जाडोमा न्यानो कपडा पाउँदा खुशी लागेको बताए । ऋषिदेवले मुसहरको बस्तीमा कसैको आँखा नपुगेको बताए ।


सम्बन्धित खबरहरु