विप्लव निकट विद्यार्थी संगठनद्धारा महेन्द्रनगरमा भारत विरुद्ध प्रदर्शन

ओकेखबर संवाददाता २५ कार्तिक २०७६, सोमबार ०७:१९ मा प्रकाशित ( साल अघि) १६२७ पाठक संख्या

महेन्द्रनगर,२४ कात्तिक – भारतीय नयाँ नक्सा बारे अहिले देशभर व्यापक विरोध भईरहेको छ । नयाँ नक्सामा नेपालका भूमि समावेश भएको भन्दै विरोध भईरहेको हो ।

यस्तै गरि सदरमुकाम महेन्द्रनगरमा नेकपा निकट विद्यार्थी संगठनले भारतीय नक्सा सच्याउन माग गर्दै प्रदर्शन गरेका छन ।

नेत्रविक्रम चन्द ‘विप्लव’ निकट अखिल क्रान्तिकारी सेती महाकाली समन्वय समितिको ओजनामा महेन्द्रनगर मा बिरोध गरेका हुन ! भारतीय विस्तारबाद मुर्दाबाद,सिमा अतिक्रमण गर्न पाईदैन, सिमा अतिक्रमण बन्द गर, मिचिएको हाम्रो भूमि फिर्ता गर लगायतका नारा समेत यूवारुहले लगाएका थिए ।

भारतीय विस्तावादको विरोधमा आईतबार महेन्द्रनगरमा प्रदर्शन गरिएको अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष नरेन्द्र भाटले बताए । उनका अनुसार अखिल क्रान्तिकारीले सिद्धनाथ विज्ञान क्याम्पस, स्थानीय ट्राफिक चोक र जिल्ला प्रहरी कार्यालय छेउबाट छुट्टाछुट्टै ¥र्याली निकालेको हो ।

कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई भारतले आफ्नो नयाँ नक्सामा समावेश गरेको विरोधमा निकालिएका ¥र्याली मदन चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।


सम्बन्धित खबरहरु