काला पानी माग्दा प्रहरी द्वारा लाठी चार्ज

ओकेखबर संवाददाता २५ कार्तिक २०७६, सोमबार ०७:१८ मा प्रकाशित ( साल अघि) ८२२ पाठक संख्या

काठमाडौं । भारतीय नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको बिरोधमा प्रदर्शमा उत्रिएका नेत्र विक्रम चन्द्र (विप्लव)का २० जना विद्यार्थी नेता पक्राउ परेका छन् ।

पार्टी महासचिव विप्लवले २० कात्तिकमा प्रेस विज्ञप्ति जारी गर्दै भारतले गरेको नेपालमाथिको हस्तक्षेपको विरोध गर्ने जनाएका थिए । पूर्वघोषित कार्यतालिका अनुसार आइतबार माइतीघरमा विरोध प्रदर्शन गरिएको थियो ।

सुवेदीले विद्यालय पढ्ने विद्यार्थीलाई ल्याएर बीचमा विप्लव समूहका कार्यकर्ता छिरेको बताए । उनले अनलाइनखबरसँग भने, ‘अहिलेसम्म २० जना पक्राउ परेका छन् । यो संख्या अझै बढ्न सक्छ ।’

पक्राउ परेकालाई महागनरीय प्रहरी वृत्त, सिंहदारबार र नेपाल प्रहरी क्लब, भृकुटीमण्डपमा राखिएको सुवेदीले बताए ।


सम्बन्धित खबरहरु