गौतम बुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगार्थ महेन्द्रनगरमा कमिटी गठन

ओकेखबर संवाददाता २५ कार्तिक २०७६, सोमबार ०७:१८ मा प्रकाशित ( साल अघि) ५३३ पाठक संख्या

महेन्द्रनगर २२ कार्तिक – कञ्चनपुरको महेन्द्रनगरमा धुर्मुस् सुन्तलि फाउन्डेसनको पहलमा निर्माण हुन लागेको गौतम बुद्ध अन्तराष्ट्रिय रंगशाला निर्माण सहयोगार्थ समिती गठन गरिएको छ ।
शुक्रबार महेन्द्रनगरमा एक कार्यक्रमका बिच उक्त कमिटि गठन गरिएको हो ।

रंगशाला निर्माणका लागि सहयोग जोटाउन सनराईज स्कुलका प्रिन्सीपल दिपकराज चालिसेको संयोजकत्वमा समिति गठन गरिएको छ ।
त्यस्तै समितिको सह संयोजक करन सिंह पाल, उद्योग वाणिज्य संघ(कुनै एक पदाधिकारी) सचिव, लक्ष्मी बोहरा कोषाध्यक्षमा चयन भएका छन् । भने सदस्यमा नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाका अध्यक्ष विष्णु अवस्थी, समाजसेवी मदन चन्द, शिक्षक उत्तम विष्ट, पुर्व क्रिकेट खेलाडी अशोक नाथ, निरज चन्द, महेश पौडेल,जागरिक समाजका प्रभुनिधि पन्त,प्रदिप पाल, बिरेन्द्र चन्द, राजेन्द्र ताम्राकार, गणेश आग्री, प्रविण अवस्थी र नरेन्द्रराज भट्ट चयन भएका छन् ।

नव गठीत समितिले रंगशाला निर्माणका लागि सहयोग रकम संकलन गर्नेछ ।


सम्बन्धित खबरहरु